टर्कीका राष्ट्रपतिले फ्रान्सेली समकक्षीलाई धम्की दिँदै भने- किचलो नगर
बीबीसी। नेटो सदस्य राष्ट्र टर्की र फ्रान्सबीच पछिल्ला दिन तनाव बढ्दो छ। यसैक्रममा टर्कीका राष्ट्रपति रिचेप तैयप इर्दोनानले फ्रान्सका समकक्षि इम्यानुअल म्याक्रोनलार्य धम्की दिएका छन्। उनले फ्रान्सका राष्ट्रपतिलाई टर्कीसँग किचलो नगर्न भनेका छन्।

“टर्कीका जनतासँग निहुँ खोज्ने प्रयास नगरेको राम्रो। टर्कीका साथ खेलवाड पनि नगर,” आज इस्तानबुलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै इर्दोनानले फ्रान्सका राष्ट्रपतिलाई धम्की दिए।

फ्रान्सले गत महिना टर्कीका निन्दा गरेको थियो। पूर्वी–भूमध्सागरमा रहेको हाइड्रोकार्बनलाई लिएर टर्की र साईफ्रबीच गत महिना तनाव बढेको थियो। त्यसै क्रममा फ्रान्सले साईप्रसलाई साथ दिंदै टर्कीको कार्यको निन्दा गरेको थियो। त्यसको जवाफ टर्कीका राष्ट्रपतिले आज दिएका हुन्।

टर्कीका राष्ट्रपतिले सम्बोधनका क्रममा ग्रिसलाई पनि फ्रान्सको उक्साहटमा नपर्न आग्रह गरेका छन्। अहले पूर्वी–भूमध्यसागरमा ग्रिस, फ्रान्स र टर्कीले सैन्य उपस्थिती बढाएका छन्।

अमेरिकाले पनि टर्कीलाई पूर्वी–भूमध्यसागरमा तनाव बढाउने कार्य नगर्न आग्रह गरेको छ। अमेरिकाले सबै पक्षलाई कूटनीतिक संवाद मार्फत समस्या समाधान गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्