कालपानीस्थित ढुङ्गेधारा सरसफाइ
<p>काठमाडौं। आज चन्द्रागिरी नगरपालिकाको वडा १२ मा पर्ने कालपानीस्थित ढुङ्गेधारा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। </p>
<p>कालपानीकै सदभाव नेपाल टीमलगायत स्थानीयको सहयोगमा ढुङ्गेधारा सरसफाइ गरिएको हो। पछिल्लो समय निरन्तर सामाजिक कार्यमा सक्रिय रहँदै आएकाे सदभाव नेपालले आगामी दिनमा पनि पनि नगर र वडासँग सहकार्य गरेर ऐतिहासिक ढुङ्गेधारा संरक्षणमा अगाडि बढ्ने बताएको छ।</p>
<p>क्लबले ढुंङ्गेधारा लाई संरक्षण गरि बचाई राख्नु पर्ने र यस्ता प्राचिन सम्पदा मा स्थानीय सरकारलाई ध्यान दिन आग्रह गरेको छ। यस्ता प्राचिन सम्पदा संरक्षणमा युवापुस्ताले विशेष ध्यान दिनुपर्ने सद्भाव नेपालका अध्‍यक्ष अभिषेक श्रेष्ठले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
