दुई जना मृत अवस्थामा फेला <p>काठमाडौं।&nbsp;गोरखाको भिमसेन गाउँपालिका&ndash;८ बोर्लाङबस्नेगोरे भन्ने ३३ वर्षीय उमेश परियार घरबाट ४ सय मिटर टाढा आइतबार मृत अवस्थामा फेला परेका छन्।</p> <p>शुक्रबारदेखि सम्पर्कविहीन भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो।</p> <p>कैलालीको घोडाघोडी नगरपालिका&ndash;३ स्थित बगुलिया तालमा सोही स्थान बस्ने ५० वर्षीय भोजडगौरा थारु आइतबार मृत अवस्थामा फेला परेका छन्।</p> <p>शनिबार घरबाट हिँडेका थारु फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो।&nbsp;घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्