सुर्खेत। एक जना पदाधिकारीमा कोरोना संक्रमण देखिएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय एक साताका लागि बन्द हुने भएको छ। डीनको कार्यालयमा कार्यरत एक जना पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि भएसँगै भोलि भदौ २९ गतेदेखि असोज ४ गतेसम्मका लागि केन्द्रीय कार्यालय र डीनको कार्यालयका सम्पूर्ण सेवाहरू बन्द गरिने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
विभिन्न निकायहरूमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरुले निकाय प्रमुखको नियमित सम्पर्कमा रहेर विश्वविद्यालयको आवश्यक काम घरबाटै गर्नेगरी सुरक्षित रहन आग्रह गरिएको छ। विश्वविद्यालयले अहिले अनलाइन मार्फत अध्ययनअध्यापन गराइरहेको छ।
" /> सुर्खेत। एक जना पदाधिकारीमा कोरोना संक्रमण देखिएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय एक साताका लागि बन्द हुने भएको छ। डीनको कार्यालयमा कार्यरत एक जना पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको छ।कोरोना संक्रमण पुष्टि भएसँगै भोलि भदौ २९ गतेदेखि असोज ४ गतेसम्मका लागि केन्द्रीय कार्यालय र डीनको कार्यालयका सम्पूर्ण सेवाहरू बन्द गरिने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

">