छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं। रुपन्देही, रौतहट र पाँचथरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

रौतहटको गरुडा नगरपालिका-१ जयनगरस्थित सडकमा मोटरसाइकलको ठक्करबाट सोही स्थान बस्ने मोर्जे आलमकी ८ वर्षीया छोरी नजिया कुमारी खातुनको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी नजियाको गरुडा अस्पताल गरुडा हुँदै थप उपचारको लागि वीरगंजतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ थुम्कीस्थित सडकमा मे.१ त ६३०६ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा ज्याला काम गर्ने फाल्गुनन्द गाउँपालिका-६ ओसागु बस्ने ४० वर्षीय बल बहादुर कुरुङवाङको मृत्यु भएको छ।

ट्याक्टरको ट्रलीबाट लडेर टायरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। फरार रहेका ट्याक्टर चालकलाई प्रहरीले खोजी गरिरहेको छ।

रुपन्देहीको देबदह नगरपालिका-१० स्थित सडकमा लु.२ ख ८९९ नम्बरको टिपरले ध.१ प ९७९५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कपिलबस्तु नगरपालिका-४ तौलिहवा बस्ने प्रहरी जवान ३३ वर्षीय अमित श्रेष्ठको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका अमितको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सैनामैना नगरपालिका–४ घर भएकी प्रहरी जवान २३ वर्षीया सन्तोषी थारुको सोही अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय वाग्लुङमा कार्यरत दुवैजना विदामा घर फर्कने क्रममा दुर्घटनामा परेका हुन्। फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्