१३ वर्षीय बालिका बाख्राको खोरमा बलात्कृत, आरोपी पक्राउ
<p>सिरहा। १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नगरपालिका-३ बस्ने ४५ वर्षीय रामचन्द्र सदालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>रामचन्द्रले ती बालिकालाई पुन: बिहीबार बलात्कार गर्न खोजेको र त्यसको १० दिन अगाडि पनि बाख्राको गोठमा बलात्कार गरेको आरोप छ। </p>
<p>बालिका बलात्कृत भएको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
