साढे ६१ हजार लुटेर भाग्दै गरेका ४ जना पक्राउ
<p>काठमाडौं। लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २४ वर्षीय सन्तोष विष्ट लगायत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>बाँके कोहलपुर नगरपालिका–११ घर भएका ४२ वर्षीय पुरुषको नागार्जुन नगरपालिका–४ बाफल चोकबाट बस चढेर स्वयम्भू जाने क्रममा सोल्टी दोबाटोमा ७१ हजार ५ सय रुपैयाँ लुटेर गाडीबाट तत्काल झरी उनीहरू भागेका थिए। </p>
<p>पीडितले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई बा.२ ज ४१७ नम्बरको ट्याक्सी चढेर भाग्न खोजेको अवस्थामा उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो। </p>
<p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
