श्रीमती लिन ससुराली पुगेका ज्वाँईको ससुराले गरे हत्या <p>बाँके।&nbsp;नेपालगंज उपमहानगरपालिका&ndash;१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको आरोपमा उनकै ससुरा सोही उपमहानगरपालिका&ndash;२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको हो।</p> <p>घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्