तास खेलिरहेका १० जना पक्राउ

काठमाडौं। झापाको दमक नगरपालिका-३ बेलडागी बस्ने मनु गुरुङको घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३८ वर्षीय प्रकाश राई, ३६ वर्षीय नरेश दाहाल, ३६ वर्षीय कुमार तामाङ, बिर्खमान राई र २४ वर्षीय शन्तबीर तामाङ रहेका छन्।

तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले १ लाख ५७ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो।

दाङको घोराही उपमहानगरपालिका–१५ पाठकचोक बस्ने याम बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय राजेन्द्र केसी लगायत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ३ गड्डी तास र ३० हजार ३ सय ९५ रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्