काठमाडौं। छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन्।
टोखा नगरपालिका–९ शिवमन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट करिब १ केजी चरेस जस्तो देखिने पोल्यानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुमा धादिङ थाक्रेका ४२ वर्षीय कान्छा तामाङ र २३ वर्षीया दिलकुमारी तामाङ रहेका छन्। उनीहरू दुबै काठमाडौंको बल्खुमा बस्थे। लागुऔषध कारोबार भइरहेको भन्ने सूचना पाएको महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका स्वयम्भू आनन्दकुटी बिहार नजिकैबाट २ जना गाँजासहित पक्राउ परेका छन्। पक्राउ परेकामा पुरानो नैकापका सुवर्ण पौडेल र धादिङ थाक्रेका २७ वर्षीय सागर लामा रहेका छन्। उनीहरूको साथबाट १० केजी गाँजा बरामद भएको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूका अनुसार ट्याक्सीमा बसेका पौडेलको काखामा रहेको कार्टुनमा गाँजा थियो। लामा पनि ट्याक्सीमै थिए।
उता झापाको माङसेबुङ गाउँपालिका-६ का २६ वर्षीय अर्पण राई ४ केजी २५ ग्राम गाँजासहित पक्राउ परेका छन्। दमक-१ स्थित डेराबाट राई गाँजासहित पक्राउ परेका हुन्।
झापाकै विर्तामोड नगरपालिका-१ अदुवापुलबाट १४ ग्राम ब्राउनसुगर जस्तै लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। पक्राउ परेकामा २३ वर्षीय संदीप धिमाल, आकाश राई र आशिष राई रहेका छन्।
झापाको मेचीनगर नगरपालिका–१३ स्थित ईलाम रोडबाट पनि ८.५ ग्राम ब्राउनसुगर जस्तो लागुऔषधसहित २ जना पक्राउ परेका छन्। मेचीनगरकै २३ वर्षीय राजन श्रेष्ठ र १८ वर्षीय किशोर पक्राउ परेको झापा प्रहरीले जनाएको छ।
यता सर्लाहीको पर्सा गाउँपालिका–५ चिरान मिलस्थित सुकनाहाबाट करिब २ सय २५ किलो गाँजा प्रहरीले बरामद गरेको छ। गाँजा ना.४ ख ७७४८ नम्बरको ट्रकमा फेला परेको हो। प्रहरीलाई देखेपछि चालकले ट्रक नै छाडेर भागेका थिए।