काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदीका पहिरोपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।
एनआरएनए नेदरल्याण्ड्सले संकलन गरी पठाएको दुई लाख १८ हजार ५२६ रूपैयाँ पहिरोपीडितहरूको अस्थायी वस्ती बासखर्क पुगेर एक समारोहका बीच संघका आईसीसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन्।
उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी थिए।
संघले यसअघि सोही ठाउँमा पुगेर पाँच लाख सहयोग गरेको जानकारी दिँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल पीडितहरूको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन्।
पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पुर्याउँदा १६७ भन्दा बढी मानिस प्रभावित भएका थिए।
" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदीका पहिरोपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।एनआरएनए नेदरल्याण्ड्सले संकलन गरी पठाएको दुई लाख १८ हजार ५२६ रूपैयाँ पहिरोपीडितहरूको अस्थायी वस्ती बासखर्क पुगेर एक समारोहका बीच संघका आईसीसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन्।

">