जाजरकाेट। जाजरकोट-डोल्पा सडकखण्डको निरीक्षण गरिएको छ। सरकारी कामलाई बाधा नपुग्ने गरी शनिबारको बिदालाई सदुपयोग गर्दै जाजरकोट-डोल्पा सडकखण्डको निरीक्षण गरिएको हो।
वर्षायाममा भत्किएको सडकको क्षति र पुनर्निर्माण गर्नुपर्ने स्थानका साथै यात्रुहरूले भोग्नुपरेको पीडाका बारेमा समेत प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।
सडकखण्डभित्र निर्माण हुने सातवटा पुल निर्माणस्थलको समेत निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए।
त्यस्तै पासागाडबाट चिसापानीसम्म पहिलो चरणमा कालोपत्र हुन लागेको सडकको अवस्थासमेत निरीक्षण गरिएको थियो। रासस
" /> जाजरकाेट। जाजरकोट-डोल्पा सडकखण्डको निरीक्षण गरिएको छ। सरकारी कामलाई बाधा नपुग्ने गरी शनिबारको बिदालाई सदुपयोग गर्दै जाजरकोट-डोल्पा सडकखण्डको निरीक्षण गरिएको हो।वर्षायाममा भत्किएको सडकको क्षति र पुनर्निर्माण गर्नुपर्ने स्थानका साथै यात्रुहरूले भोग्नुपरेको पीडाका बारेमा समेत प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको हो।

">