बर्दियाकाे बबई नदीमा नुहाउन गएका एक युवक बेपत्ता
<p>बर्दिया। बर्दिया जिल्ला गुलरिया नगरपालिका-५ का २२ वर्षीय सनी थारू बबई नदीमा डुबेर बेपत्ता भएका छन्।</p>
<p>शनिबार उनी नुहाएर फर्कने क्रममा डुबेर बेपत्ता भएका हुन्। </p>
<p>खोजीका लागि डुङ्गासहित सशस्त्र प्रहरी ३१ नम्बर गणको विपद् व्यवस्थापन तालिम प्राप्त टिम, नेपाल प्रहरी र स्थानीय परिचालित भएको सशस्त्र प्रहरी ३१ नम्बर गणका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिए।</p>
<p>बबई नदीमा दिउँसो १२ बजे उनी नुहाउन गएका थिए। साँझ ६ बजेसम्म घर नफर्केपछि प्रहरीले खोजीकार्य तीव्र पारेको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
