सिन्धुपाल्चोक पहिरो अपडेट : दुईजना मृत फेला, २२ जना बेपत्ता
काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ।

तीनजना घाइते भएका छन्। र, २२ जना बेपत्ता भएका छन्।

मृत्यु हुनेहरूमा नागपुजेकी अन्दाजी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको विक टोलकी २३ वर्षीया जुनु विक रहेकी छन्।

नागपुजेमा सात घर पहिरोले पुरिएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएअनुसार त्यहाँ १६ जना बेपत्ता भएका छन्।

भीरखर्कको विक टोलमा दुई घर पहिरोले पुरिएको छ। अझै ६ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले बताए।

यस्तै किम्डे गाउँमा पनि पहिरोमा परी तीनजना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि बाह्रबिसेतर्फ लगिँदैछ ।

पहिरोपछि भीरखर्क र नागपुजेतर्फ एसपी नेतृत्वको टोली परिचालन भएको छ। तर, किम्डेमा भने प्रहरी टोली गएको छैन।

प्रतिक्रिया दिनुहोस्