काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न आग्रह गरेको छ।
विदेशमा पीसीआर परीक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन संघले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ।
संक्रमण जुनसुकै बेला पनि हुन सक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि संघले सुझाएको छ।
यसका साथै स्वदेश फर्कन चाहने नेपालीलाई संयमित भएर आफ्नो उडानको प्रतीक्षा गर्न र त्यसका लागि आवश्यक पीसीआर परीक्षण समयमै गर्न समेत संघले आग्रह गरेको छ।
" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न आग्रह गरेको छ।विदेशमा पीसीआर परीक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन संघले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ।

">