काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका मध्ये हालसम्म ६१ हजार ७१० जनालाई उद्धार गरी नेपाल फर्काइएको छ।
नेपाल सरकार र गैरआवासीय नेपाली संघको पहलमा उनीहरूलाई स्वदेश फिर्ता ल्याइएको हो।
“हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७१० जना नेपालीको उद्धार गरिएको छ,” संघद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
संघले कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी रहेको जनाएको छ।
सरकारले चार्डर फ्लाइट मार्फत विदेशमा अलपत्र परेकाहरूलाई उद्धार गरी ल्याउने गरेको छ। पीसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएपछि मात्र अलपत्र परेकाहरूलाई नेपाल ल्याइने गरिएको छ।
" /> काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका मध्ये हालसम्म ६१ हजार ७१० जनालाई उद्धार गरी नेपाल फर्काइएको छ।नेपाल सरकार र गैरआवासीय नेपाली संघको पहलमा उनीहरूलाई स्वदेश फिर्ता ल्याइएको हो।

">