पहिरोमा परी दुई बालकको मृत्यु
<p>रोल्पा। रोल्पाको लुङग्री गाउँपालिका–१ ऐते गए राती आएको पहिरोमा परी दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा ऐते बस्ने ज्ञान सिंह घर्तीको छोराहरु ११ वर्षीय युवराज घर्ती र ८ वर्षीय अमर घर्ती रहेका छन्।</p>
<p>गएराति आएको पहिरोले गोठ भत्किँदा गोठमा सुतिरहेका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।<br />
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
