बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये झण्डै १.४ प्रतिशतको मृत्यु
एजेन्सी। बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितमध्ये ७०.९० प्रतिशत व्यक्ति सङ्क्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ।

निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितमध्ये १.४० प्रतिशतको मृत्यु भएको छ। बङ्गलादेशमा विगत २४ घण्टामा सङ्क्रमित पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार २८२ रहेका छ भने ३४ जनाको मृत्यु भएको छ।

त्यहाँ शनिबारसम्म सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ४४ पुगेको छ भने चार हजार ७०२ जनाको मृत्यु भइसकेको छ।

बङ्गलादेशमा कोरोनाभाइरस सङ्क्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख ३८ हजार २७१ रहेको छ। तथ्याङ्क अनुसार विगत २४ घण्टामा सङ्क्रमणमुक्त हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या भने दुई हजार २४७ रहेको छ।

बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित भएको दिन जुलाई २ हो। उक्त दिन चार हजार १९ जना एकै दिन सङ्क्रमित भएका थिए। त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो।

रासस

प्रतिक्रिया दिनुहोस्