चोरी मुद्दाका फरार तीन व्यक्ति पक्राउ <p>कैलाली।&nbsp;जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा चोरीसम्बन्धी मुद्दामा सजाय ठहर भई फरार रहेका ३ जना दोषीलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा घोडाघोडी नगरपालिका&ndash;४ माघी बस्ने निराजन चौधरी, दिपेन्द्र चौधरी र रबिन चौधरी छन्।</p> <p>जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई घोडाघोडी नगरपालिका&ndash;५ डोके बजारबाट पक्राउ गरेको हो।&nbsp;</p> <p>उनीहरुमध्ये निराजनलाई १ लाख ५४ हजार रुपैयाँ जरिवाना र १५ दिन कैद, दिपेन्द्रलाई ७७ हजार रुपैयाँ र १५ दिन कैद तथा रबिनलाई ७७ हजार रुपैयाँ जरिवाना र १ महिना कैद सजाय अदालतले ठहर गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्