अवैध लागूऔषध सहित तीन जना पक्राउ
काठमाडौं। प्रहरीले सप्तरी, तनहुँ र झापाबाट अवैध लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरबाट नियन्त्रित लागूऔषध कोरेक्स एकसय एमएलको ४ बोतल र ८ वटा नाईट्रोभेट ट्याब्लेटसहित सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

उनले आफ्नै घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहबाट खटिएको प्रहरीले घर तलासी गर्दा जमिनमुनी खाल्डो खनेर राखेको अवस्थामा लागूऔषध फेला पारी मण्डललाई पक्राउ गरेको हो।

तनहुँको आबुखैरेनी गाउँपालिका–४ पुलजितस्थित सडकबाट अन्दाजी ४ केजी लागूऔषध गाँजा सहित कास्की लेखनाथ नगरपालिका–२ बस्ने २८ बर्षीय सुमन सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजितबाट खटिएको प्रहरीले ग.४ प ७०५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनारलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो।

झापाको बिर्तामोड नगरपालिका–३ बाट २२ ग्राम ब्राउनसुगर सहित अर्जुनधारा नगरपालिका–३ घर भएका ३० वर्षीय गोपाल गौतमलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बिर्तामोड नगरपालिका–३ स्थित गौतमको गोपाल एग्रोभेट्स पसल तलासी गर्ने क्रममा कोजोल बोलस नामक औषधिको बट्टामा लुकाई राखेको ब्राउनसुगर फेला पारी उनलाई पक्राउ गरेको हो।

घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्