३५ लाखमा बेच्न ल्याएको कछुवा सहित पाँच जना पक्राउ <p>काठमाडौं।&nbsp;काठमाडौं महानगरपालिका-१४ कंलकीबाट अन्दाजी ७ सय ग्राम तौल तथा १२ ईन्च लम्बाई भएको पहेलो रंगको दुर्लभ वन्यजन्तु कछुबा सहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका-२ &nbsp;घर भएका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोट गढी नगरपालिका&ndash;५ घर भएका १८ वर्षीय किशोर, काभ्रे नमोबुद्ध नगरपालिका&ndash;८ घर भएका २७ वर्षीय सन्तोष रम्तेल, रौतहट च.पुर नगरपालिका&ndash;३ घर भएका १८ वर्षीय किशोर र नुवाकोट बेलकोट गढी नगरपालिका&ndash;५ घर भएका १९ वर्षीय प्रमोद बास्कोटा रहेका छन्।</p> <p>चितवनबाट अन्दाजी ३५ लाख रुपैयाँमा किनबेच गर्न भनि लिएर आएको उक्त कछुबा सहित महानगरीय प्रहरी वृत्त कालिमाटी, महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबि कालिमाटी र पिसिसिबि स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।</p> <p>पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखिएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्