जापानमा  ६.१ म्याग्निच्युडको भूकम्प <p>काठमाडौं। जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। मियागी क्षेत्रमा आज भूकम्प गएको त्यहाँको भू&ndash;गर्भ क्षेत्रमा कार्यरत अधिकारीहरुले जानकारी दिएका छन्।&nbsp;स्थानीय समयअनुसार विहान ११.४४ बजे भूकम्पको धक्का महसुस गरिएको उनीहरुले बताएका छन् ।&nbsp;</p> <p>भू&ndash;गर्भविद्हरुले दिएको जानकारीअनुसार जमिनको ४० किलोमिटर गहिराइबाट कम्पन भएको थियो।&nbsp;</p> <p>अहिले आएको भूकम्पपछि कुनै आँधीको सम्भावना भने नदेखिएको विज्ञहरुले बताएका छन्। यो भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएका विवरण पनि प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्।&nbsp;</p> <p>एसियाको विकसित मुलुक जापानमा भूकम्प धेरै जाने गरेको छ। भूकम्पका कारण हरेक वर्ष धेरै जनधनको क्षति पनि हुने गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्