काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको निकोसेरस्थित आफ्नै घरमा फेला परेको ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय सुशान्त अधिकारीको शवमा कात्रो ओढाएको पाइएको प्रहरीले जनाएको छ।
सम्झनाको शवमा सेतो र सुशान्तको शवमा पहेँलो खालको कात्रो ओढाइएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। सम्झना र सुशान्त आमाछोरा हुन्।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ३६ वर्षीय सुदीप अधिकारीको शवमा भने कात्रो नदेखिएको बताए। सुदीप सम्झनाका श्रीमान् र सुशान्तका बुबा हुन्।
“छोरा सुशान्तको लासमा पहेँलो कात्रो ओढाइदिएको पाइयो र श्रीमती सम्झनाको लासमा सेतो खालको कात्रो जस्तै कपडा ओढाइको देखियो,” उनले देखापढीसँग भने, “तर, सुदीपको शवमा देखिएन।”
उनीहरूको मृत्युलाई अस्वाभाविक मानिएको छ। प्रहरीले श्रीमती सम्झना र छोरा सुशान्तको हत्यापछि सुदीपले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ। यसले गर्दा प्रहरीले घटनाको गम्भीर रूपमा अनुसन्धान थालेको हो।
“छोरा र श्रीमतीको शव कुहिएर किरा परेको रहेछ, सुदीपको चाहिँ त्यस्तो देखिएन र केही दिन अगाडि नै छोरा र श्रीमतीको ज्यान गएको हुनुपर्छ। तर, चोटपटक छैन, घटना शंकास्पद छ।”
उनीहरूको शव शुक्रबार बेलुकी फेला परेको थियो। सम्झना र सुशान्तको शव किरा परेको अवस्थामा फेला परेको हो। सुदीपको शव भने ताजा अवस्थामै रहेको अपराध महाशाखाका एसएसपी थापाले बताए। उनका अनुसार मरेको अवस्थामा फेला परेको कुकुरमा पनि किरा परेको देखिएको छ।
“छोरा र श्रीमतीको शव कुहिएर किरा परेको रहेछ, सुदीपको चाहिँ त्यस्तो देखिएन र केही दिन अगाडि नै छोरा र श्रीमतीको ज्यान गएको हुनुपर्छ,” एसएसपी थापाले भने, “तर, चोटपटक छैन, घटना शंकास्पद छ।”
घटनास्थलमा शवहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट खटिएको फरेन्सिक विशेषज्ञ टोलीले परीक्षणसमेत गरेको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाले शव पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको बताइन्। रिपोर्ट आएपछि मात्रै घटनाबारे विस्तृत भन्न सकिने उनको भनाइ छ।
“पोस्टमार्टका लागि काठमाडौं मेडिकल कलेजमा शवहरू पठाएका छौं, रिपोर्ट आएपछि घटनाको कारणबारे खुल्नेछ र के भएको भन्नेबारे भन्छौं,” एसपी थापाले भनिन्, “रिपोर्टकै पर्खाइमा भएकोले हत्या कि आत्महत्या हो भन्ने रिपोर्ट नआइ भन्न सक्दैनौं।”
अधिकारी परिवारको चार तले घरको पहिलो तलामा उनीहरूको पसल छ। किराना सामान भएको पसलमा सटर छ। तर, चोरी वा लुटपाट नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुदीपको शव चौथो तलाको भान्साबाट कौशीमा निस्कने ठाउँमा, सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र सुशान्तको शव तेस्रो तलाको कोठाको ओछ्यानमा फेला परेको हो।
कुकुर भने दोस्रो तलाको भर्याङनजिक मरेको अवस्थामा भेटिएको हो। प्रहरीले मृतकहरू फेला परेको घरबाट सबुतहरू संकलन गरिसकेको छ। र, घटनालाई गम्भीरतापूर्वक लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको प्रारम्भिक अनुसन्धान गरेको हो।
यो रहस्यमयी घटना शुक्रबार करिब चार बजे मृतकका भाइ सुनिलले सुदीपको घर आइपुग्दा सबै जना मृत देखेपछि सार्वजनिक भएको हो। उनैले प्रहरीलाई खबर गरेका थिए।
उनका अनुसार घरको सबै तलाको ढोकामा चुकुल लगाएको थिएन। ढप्काएको अवस्थामा थियो।
" /> काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको निकोसेरस्थित आफ्नै घरमा फेला परेको ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय सुशान्त अधिकारीको शवमा कात्रो ओढाएको पाइएको प्रहरीले जनाएको छ।सम्झनाको शवमा सेतो र सुशान्तको शवमा पहेँलो खालको कात्रो ओढाइएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। सम्झना र सुशान्त आमाछोरा हुन्।

">