स्याङ्जा। कोभिड-१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाले सेवाग्राहीलाई आलोपालो पद्धतिबाट सेवा दिने भएको छ।

सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएकाले पालिका/पालिकालाई बार तोकेर आइतबारदेखि सेवा दिने तयारी भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताए।

“जिल्लाका एघार वटा पालिकालाई कार्यालय खुल्ने ६ दिनमध्ये पाँच दिन दुई/दुई वटा पालिका र एक दिन एउटा पालिकाका सेवाग्राहीलाई सेवा दिन्छौँ”, कार्यालय प्रमुख रेग्मीले भने।

कार्यालयमा विगतदेखि रोकी रहेका फर्म दर्ता, फर्म नवीकरण, नामसारी, ठाउँसारी लगायतका कामकाजका लागि सेवाग्राही जिल्ला भरिबाट आउने गरेकाले निश्चित दिनमा निश्चित पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सङ्ख्या सीमित हुने र सङ्क्रमणको जोखिम कम हुने विश्वास कार्यालय प्रमुख रेग्मीको छ।

कार्यालयले स्वास्थ्य, सावधानी र सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेको हो।

आइतबार वालिङ नपा र बिरुवा गापा, सोमबार पुतली बजार नपा र फेदीखोला गापा, मङ्गलबार चापाकोट नपा र हरिनास गापा, बुधबार गल्याङ नपा र कालीगण्डकी गापा, बिहीबार भीरकोट नपा र अर्जुनचौपारी गापा, शुक्रबार आँधीखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालय प्रमुख रेग्मीले बताए। रासस

" /> स्याङ्जा। कोभिड-१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाले सेवाग्राहीलाई आलोपालो पद्धतिबाट सेवा दिने भएको छ।

सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएकाले पालिका/पालिकालाई बार तोकेर आइतबारदेखि सेवा दिने तयारी भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताए।

“जिल्लाका एघार वटा पालिकालाई कार्यालय खुल्ने ६ दिनमध्ये पाँच दिन दुई/दुई वटा पालिका र एक दिन एउटा पालिकाका सेवाग्राहीलाई सेवा दिन्छौँ”, कार्यालय प्रमुख रेग्मीले भने।

कार्यालयमा विगतदेखि रोकी रहेका फर्म दर्ता, फर्म नवीकरण, नामसारी, ठाउँसारी लगायतका कामकाजका लागि सेवाग्राही जिल्ला भरिबाट आउने गरेकाले निश्चित दिनमा निश्चित पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सङ्ख्या सीमित हुने र सङ्क्रमणको जोखिम कम हुने विश्वास कार्यालय प्रमुख रेग्मीको छ।

कार्यालयले स्वास्थ्य, सावधानी र सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेको हो।

आइतबार वालिङ नपा र बिरुवा गापा, सोमबार पुतली बजार नपा र फेदीखोला गापा, मङ्गलबार चापाकोट नपा र हरिनास गापा, बुधबार गल्याङ नपा र कालीगण्डकी गापा, बिहीबार भीरकोट नपा र अर्जुनचौपारी गापा, शुक्रबार आँधीखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालय प्रमुख रेग्मीले बताए। रासस

"> भीडभाड हुन नदिन आलोपालो प्रणाली: Dekhapadhi
भीडभाड हुन नदिन आलोपालो प्रणाली
स्याङ्जा। कोभिड-१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाले सेवाग्राहीलाई आलोपालो पद्धतिबाट सेवा दिने भएको छ।

सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको सङ्ख्यामा वृद्धि भएकाले पालिका/पालिकालाई बार तोकेर आइतबारदेखि सेवा दिने तयारी भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताए।

“जिल्लाका एघार वटा पालिकालाई कार्यालय खुल्ने ६ दिनमध्ये पाँच दिन दुई/दुई वटा पालिका र एक दिन एउटा पालिकाका सेवाग्राहीलाई सेवा दिन्छौँ”, कार्यालय प्रमुख रेग्मीले भने।

कार्यालयमा विगतदेखि रोकी रहेका फर्म दर्ता, फर्म नवीकरण, नामसारी, ठाउँसारी लगायतका कामकाजका लागि सेवाग्राही जिल्ला भरिबाट आउने गरेकाले निश्चित दिनमा निश्चित पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सङ्ख्या सीमित हुने र सङ्क्रमणको जोखिम कम हुने विश्वास कार्यालय प्रमुख रेग्मीको छ।

कार्यालयले स्वास्थ्य, सावधानी र सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि शुक्रबारसम्म सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेको हो।

आइतबार वालिङ नपा र बिरुवा गापा, सोमबार पुतली बजार नपा र फेदीखोला गापा, मङ्गलबार चापाकोट नपा र हरिनास गापा, बुधबार गल्याङ नपा र कालीगण्डकी गापा, बिहीबार भीरकोट नपा र अर्जुनचौपारी गापा, शुक्रबार आँधीखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालय प्रमुख रेग्मीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्