१३ महिनाको वर्ष मान्ने देश, जहाँ सन् २०१३ चलिरहेको छ
काठमाडौं। एउटा यस्तो देश जुन अन्य देशभन्दा सात वर्ष पछाडि छ, अर्थात् त्यहाँ भर्खर २०१३ साल चलिरहेको छ। अन्तर्राष्ट्रिय संवत् मान्नेहरू अहिले २०२० मा छन्।

त्यो देश अन्य कतिपय सवालमा पनि पृथक नै छ। जस्तोः त्यहाँ १३ महिनाको एक वर्ष मानिन्छ। अन्य मुलुकले जनवरी १ लाई नयाँ वर्ष मान्छन्, त्यहाँ सेप्टेम्बर ११ देखि नयाँ वर्ष सुरु हुन्छ। यो अनौठो र पृथक मुलुक हो- इथियोपिया।

इथियोपियावासीको आफ्नै छुट्टै क्यालेन्डर छ। कप्टिक क्यालेन्डरको हिसाबमा उनीहरू चल्छन्। संसारभरका क्यालेन्डर ग्रिगोरियन हिसाबमा बन्छ। चाडपर्व पनि यही क्यालेन्डर मुताबिक मनाइन्छ।

इथियोपियावासी इसा मसिहाको जन्म ७बीसीमा भएको र त्यही हिसाबमा दिनगन्ती सुरु हुनुपर्ने मान्यता राख्छन्। र, त्यसपछि नै कप्टिक क्यालेन्डर निर्माण गरिएको उनीहरूको भनाइ छ। दुनियाँका अन्य मुलुकमा जे जस्ता पर्व पर्छन्, इथियोपियामा त्यस्ता पर्व फरक दिनमा मनाइन्छ।

पूर्वी अफ्रिकी मुलुक इथियोपिया नेपालजस्तै भूपरिवेष्टित मुलुक हो। त्यहाँको जनसंख्या करिब १० करोड छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्