तनहुँ। व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ।
सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो। सो मार्गबाट व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका हुँदै पृथ्वी राजमार्गअन्तर्गत डुम्रे बजार पुगेर जोडिएको छ।
सो सडकमा यसअघि ग्राबेल, नाला निर्माण र आवश्यक स्थानमा ह्युमपाइप राखेर यातायात सञ्चालन भएको थियो। २०४८ पछि कच्चीमार्गको रूपमा सडक चले पनि कालोपत्रे नहुँदा वर्षामा हिलोले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ।
नगरपालिकाको १४ नं वडा केशवटारस्थित रुम्सी ढाक्रेस्वाँरा चोकदेखि आँपटोल डाँडासम्म करिब ६०० मिटर दूरी कालोपत्रे गर्न थालिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। रासस
" /> तनहुँ। व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ।सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो। सो मार्गबाट व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका हुँदै पृथ्वी राजमार्गअन्तर्गत डुम्रे बजार पुगेर जोडिएको छ।

">