काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मानेटारमा भएको विष्फोटका घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली नेतृत्त्वको टोलीले विष्फोटको घटनाबारे विस्तृत अनुसन्धान थालेको हो।
अनुसन्धानकै लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय अपराध अनुसन्धान महाशाखा, नयाँ बानेश्वर र कोटेश्वर प्रहरी वृत्त तथा काँडाघारी प्रहरी चौकीको टोली पनि घटनास्थलमा पुगेका छन्।
शनिबार (आज) बिहानै ६:०५ बजे विष्फोटको ठूलो आवाज सुनिएको थियो। आसपासका मानिसहरू आत्तिएर घरदेखि बाहिर निस्केका थिए। के विष्फोट भएको भन्नेबारे यकिन भएको छैन।
अरू विष्फोटक पदार्थ नै विष्फोट भएको हो कि भन्ने शंका प्रहरीले गरेको छ। सोही शंकाको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनालगत्तै काँडाघारी प्रहरी चौकीका प्रहरी निरीक्षक रूपेन्द्रनारायण श्रेष्ठ नेतृत्त्वको प्रहरी टोली पुगेको थियो। उनले ग्यासको सिलिण्डर र खाना पकाउने प्रेसर कुकर विष्फोट भएको नपाइएको बताए।
घटनामा अन्य विष्फोटक पदार्थ नै विष्फोट भएको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए।
विष्फोटपछि घरधनी ४८ वर्षीया मीरा ओझा घाइते भएकी छिन्। उनलाई उपचारका लागि कीर्तिपुर लगिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुशीलकुमार यादवले बताए।
विष्फोटपछि भान्साकोठा, पूजा गर्ने ठाउँ र आसपासको क्षेत्र क्षतिग्रस्त छ।
" /> काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मानेटारमा भएको विष्फोटका घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली नेतृत्त्वको टोलीले विष्फोटको घटनाबारे विस्तृत अनुसन्धान थालेको हो।

">