काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९ को निकोसेरास्थित एक घरमा शुक्रबार मृत फेला परेका एकापरिवारका तीनजनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
घरमा मरेको अवस्थामा भेटिएको कुकुरको पनि पोस्टमार्टम गरिने भएको छ।
शवहरू गएराति नै काठमाडौं मेडिकल कलेज (केएमसी) पठाइएको छ। आज पोस्टमार्टम हुने प्रहरीले बताएको छ।
घटनाको अनुसन्धानमा संलग्न अपराध अनुसन्धान महाशाखाले ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृत फेला परेको जनाएको छ।
उनीहरूको मृत्यु अस्वाभाविक मानिएको छ। प्रहरीले हत्याको आशंका गरेको छ।
घटनालाई गम्भीरतापूर्वक अनुसन्धान थालेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए।
“घटनाबारे हामीले पूर्वानुमान गर्न त मिल्दैन, हेर्दा रहस्यमयी देखिन्छ र बाँकी कुरा पोस्टमार्टम रिपोर्टले बाँकी कुरा खुलाउला,” उनले देखापढीसँग भने, “श्रीमान, श्रीमती, छोराकाे शव र मरेकाे कुकुर पनि पोस्टमार्टमका लागि अस्पताल पठाएका छौं।”
प्रहरीले मृतकहरू फेला परेको घरदेखि सबुतहरू संकलन गरिसकेको छ। अपराधको प्रारम्भिक अनुसन्धानमा सबुतलाई महत्त्वपूर्ण मानिन्छ। जसको आधारमा प्रहरीले बाँकी अनुसन्धानको पाटो अगाडि बढाउने गर्दछ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले घटनाको प्रारम्भिक अनुसन्धान गरेको हो।
प्रारम्भिक अनुसन्धानमा संलग्न महाशाखाका प्रवक्तासमेत रहेका एसपी कार्कीले मृत फेला परेकामध्ये सम्झना र सुशान्तको शव निकै गन्हाएको अवस्थामा भेटिएको बताए।
जसको आधारमा घटनामा सुदीपको संलग्नताबारे शंका गरिएको छ। करिब ४/५ दिन अगाडि नै उनीहरूको ज्यान गएको अनुमान गरिएको छ।
“सम्झना र सुशान्तको शव ‘डिकम्पोज’ अवस्थामा भेटियो, केही दिन अगाडि नै मृत्यु भएको हुनुपर्छ र सुदीपको अलिक पछि जस्तो देखियो”, उनले भने, “पोस्टमार्टम रिपोर्टले नै सबै कुरा खुलाउँछ र के भएको हो? त्यसबारे भन्न सकिन्छ।”
मृत फेला परेकाहरूको घर महानगरीय प्रहरी वृत्त थिमि नजिक निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको छ। वृत्तदेखि यो घरसम्मको दूरी करिब ७०० मिटर हो। घर चारतले छ।
सुदीपको शव चौथो तलाको भान्छाबाट कौशीमा निस्कने ठाउँमा, सम्झनाको शव दोस्रो तलाको ओछ्यानमा र सुशान्तको शव तेस्रो तलाको कोठाको ओछ्यानमा फेला परेको हो।
कुकुर भने दोस्रो तलाको भर्याङनजिक मरेको अवस्थामा भेटिएको हो। मृतक तीनजना मानिस र एउटा कुकुरलाई धारिलो हतियार प्रहार भने गरेको नपाइएको घटनाको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकारीले बताए।
उनका अनुसार खानामा विषजन्य केही वस्तु मिसाएको हुनुपर्छ।
“कालगतिले त्यसरी एकै परिवारको तीनजना र कुकुरको पनि मृत्यु त हुँदैन, विषजन्य केही सेवन गरेको र गराएको हुन सक्छ,” ती प्रहरी अधिकारीले भने।
यो रहस्यमयी घटना शुक्रबार करिब ४ बजे मृतकका भाइ सुनिलले सुदीपको घर आइपुग्दा सबैजना मृत देखेपछि सार्वजनिक भएको हो। उनैले प्रहरीलाई खबर गरेका थिए।
उनका अनुसार घरको सबै तलाको ढोकामा चुकुल लगाएको थिएन। ढप्काएको अवस्थामा थियो।
मृतक परिवारको घरको पहिलो तलामा किराना पसल छ। तर, केही दिन यता पसल बन्द थिए।
घटनाबारे ढिलो गरी सार्वजनिक हुनुको पछि निषेधाज्ञा भएको हुनाले घरमै बसेको होला भनेर छरछिमेकले चासो नलिएको हुन सक्ने प्रहरीले जनाएको छ।
" /> काठमाडौं। भक्तपुरको मध्यपुरथिमि नगरपालिका-९ को निकोसेरास्थित एक घरमा शुक्रबार मृत फेला परेका एकापरिवारका तीनजनाको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।घरमा मरेको अवस्थामा भेटिएको कुकुरको पनि पोस्टमार्टम गरिने भएको छ।

">