बालिका बलात्कार अभियोगमा एक पक्राउ
<p>काठमाडौं। जिल्ला प्रहरी कार्यालयले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका-१ का २२ वर्षीय सुमन कुमाल रहेका छन्। पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए।</p>
<p>बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ। बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।</p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्
