कैलाली । प्रहरी हिरासतमा मृत्यु भएका युवकको हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ। शस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए।
समितिमा २ जना प्रहरी निरीक्षकहरू पनि छन्। केहि दिनभित्रै समितिले प्रतिवेदन तयार गर्ने र त्यो अनुसार कारबाही प्रक्रिया अघि बढाउने एसएसपी सिंहले जानकारी दिए्।
भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका १९ बर्षे रोशन बिक शुक्रबार बिहान मृत अवस्थामा फेला परेका थिए। प्रहरीले शौचालय गएका बेला झुन्डिएर आत्महत्या गरेको बताए पनि उनका आफन्तले भने हत्या गरिएको आरोप लगाएका छन्।
" /> कैलाली । प्रहरी हिरासतमा मृत्यु भएका युवकको हत्या गरिएको भन्दै आफन्तले चर्को विरोध गरेपछि घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ। शस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए।समितिमा २ जना प्रहरी निरीक्षकहरू पनि छन्। केहि दिनभित्रै समितिले प्रतिवेदन तयार गर्ने र त्यो अनुसार कारबाही प्रक्रिया अघि बढाउने एसएसपी सिंहले जानकारी दिए्।
भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका १९ बर्षे रोशन बिक शुक्रबार बिहान मृत अवस्थामा फेला परेका थिए। प्रहरीले शौचालय गएका बेला झुन्डिएर आत्महत्या गरेको बताए पनि उनका आफन्तले भने हत्या गरिएको आरोप लगाएका छन्।
">