काठमाडौं। सात वर्ष देखि खाडी राष्ट्र ओमानमा सम्पर्कविहीन बनेकी नेत्रकुमारी राउतलाई त्यहाँस्थित नेपाली दूतावासले आज स्वदेश फर्काउन सफल भएको छ। कोरोना महामारीले गर्दा ओमानमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश पर्काउने उडानमा उनलाई पनि नेपाल पठाइएको ओमानको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ।
“आजकै उडानबाट नेपाल जाने मध्ये बाह्रदशी गाउँपालिका–६, झापाकी एक जना महिला नेत्र कुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ,” दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
वैदेशिक रोजगारीको सिलसिलामा केही वर्षअघि राउत ओमान पुगेकी थिईन्। ओमान पुगेको केही सयमा परिवारको सम्पर्कमा रहेकी उनी २०७० साल देखि सम्पर्कविहीन थिईन्। उनको छोरा नवराज राउतले आफ्नाी आमाको खोजी गरी नेपाल फर्काउन पहल गरिदिन परराष्ट्रमा निवेदन दिएपछि नेत्र कुमारीको खोजी सुरु भएको थियो।
ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको सक्रियतामा तथ्य प्रमाण र कूटनीतिक माध्यमबाट खोजी गर्दा नेत्र कुमारी भेटिएकी थिईन्। उनको स्वास्थ्य अवस्था नाजुक रहेकोले दूतावासले झापास्थित घरसम्मै पुर्याउने व्यवस्था मिलाईसकेको जनाइएको छ।
दूतावासले आजै मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानूनी बाटो हुँदै ओमानमा आई घरेलु कामदारको रुपमा काम गर्ने क्रममा अलपत्र परेका दुई जनालाई उद्धार गरी नेपाल पठाएको छ। यसरी फर्किनेमा ताप्लेजुङकी अरुण मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठ छन्।
दूतावासले आज ओमानमा अप्ठेरोमा परेका ३९ महिला र १२६ पुरुष गरी १६५ जनाको उद्धार गरी स्वेदश फर्काएको छ। “हालसम्म ५ वटा उद्धार उडान मार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्ड अनुसार ओमानमा रहनुभएका ८३० जना नेपालीहरुलाई नेपाल फिर्ता गराईसकिएको छ,” दूतावासले भनेको छ।
आजको उडानमा बिभिन्न कम्पनीमा कार्यरत ६० जना घरेलु कामदारहरु पनि रहेका छन्। विमानस्थलमा ओमानको लागि नेपाली राजदूत ढकालले नेपाल फर्किनेहरुलाई बिदाई गरेकी थिईन्।