काभ्रेपलाञ्चोक। अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा पाँचखाल नगरपालिका–१२ तिनघरे घर भई धुलिखेल–४ स्थित अठ्ठाईस किलोमा डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका–४ घर भई धुलिखेलस्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन्।

पाँचखाल नगरपालिका–१२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलोमा ४–५ जनाको अपरिचित समूहले अपहरण गरी ५० हजार रुपैयाँ माग गरेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले सोही दिन बेलुका बनेपा नगरपालिका–१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीकाअनुसार सबिनाले राजकुमारलाई फोन सम्पर्क गरी अठ्ठाईस किलोमा भेटघाट गर्न बोलाएकी थिइन्। त्यहाँ पुगेका राजकुमारलाई सबिना र उमा मिलेर जंगलतर्फ लिएर गएका थिए। जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाएका थिए। र, ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइएको छ।

" /> काभ्रेपलाञ्चोक। अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा पाँचखाल नगरपालिका–१२ तिनघरे घर भई धुलिखेल–४ स्थित अठ्ठाईस किलोमा डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका–४ घर भई धुलिखेलस्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन्।

पाँचखाल नगरपालिका–१२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलोमा ४–५ जनाको अपरिचित समूहले अपहरण गरी ५० हजार रुपैयाँ माग गरेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले सोही दिन बेलुका बनेपा नगरपालिका–१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीकाअनुसार सबिनाले राजकुमारलाई फोन सम्पर्क गरी अठ्ठाईस किलोमा भेटघाट गर्न बोलाएकी थिइन्। त्यहाँ पुगेका राजकुमारलाई सबिना र उमा मिलेर जंगलतर्फ लिएर गएका थिए। जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाएका थिए। र, ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइएको छ।

"> श्रीमतीले बोलाएर जंगलतिर लगिन्, श्रीमानले बन्धक बनाई फिरौती मागे !: Dekhapadhi
श्रीमतीले बोलाएर जंगलतिर लगिन्, श्रीमानले बन्धक बनाई फिरौती मागे !
काभ्रेपलाञ्चोक। अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जनालाई धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा पाँचखाल नगरपालिका–१२ तिनघरे घर भई धुलिखेल–४ स्थित अठ्ठाईस किलोमा डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका–४ घर भई धुलिखेलस्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन्।

पाँचखाल नगरपालिका–१२ देवभूमि घर भएका २३ वर्षीय राज कुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका–४ स्थित अठ्ठाईस किलोमा ४–५ जनाको अपरिचित समूहले अपहरण गरी ५० हजार रुपैयाँ माग गरेको भन्ने सूचना प्राप्त भएपछि खटिएको प्रहरीले सोही दिन बेलुका बनेपा नगरपालिका–१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

प्रहरीकाअनुसार सबिनाले राजकुमारलाई फोन सम्पर्क गरी अठ्ठाईस किलोमा भेटघाट गर्न बोलाएकी थिइन्। त्यहाँ पुगेका राजकुमारलाई सबिना र उमा मिलेर जंगलतर्फ लिएर गएका थिए। जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरुले पूर्व योजना अनुसार राज कुमारलाई नियन्त्रणमा लिई बन्धक बनाएका थिए। र, ५० हजार रुपैयाँ फिरौती माग गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्