अफगानिस्तानमा १६ सैनिक मारिए

काबुल। तालिवान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा १६ सैनिकको मृत्यु भएको छ। देशको पूर्वी प्रान्त नान्गार्हारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरु तर्फ क्षति भएको हो।

समाचार श्रोतले शुक्रबार दिएको जानकारीअनुसार विद्रोहीहरुले तीन ओटा सुरक्षा कार्यालयमा उनीहरुले आक्रमण गरेका थिए।

अफगानिस्तानमा भइरहेको द्धन्द्ध समाधानका लागि कतारमा आगामी आइतबारदेखि वार्ता हुन लागिरहेका बेलामा घटना भएको हो।

यो घटनाका कारण तयारी अवस्थामा रहेको वार्तालाई पनि असर पार्ला भन्ने बारेमा धेरैले चिन्ता व्यक्त गरेका छन्।

एएनआई

प्रतिक्रिया दिनुहोस्