कैलाली। धनगढीस्थित दिनेश सञ्चार गृहले सम्प्रेषण गरेको समाचारप्रति आपत्ति जनाउँदै एउटा समूहले त्यहाँ आक्रमण गरेको छ।
प्रहरीको थुनवा कक्षमा युवकद्वारा आत्महत्या भन्ने समाचार दिनेश सञ्चार गृहले प्रकाशन/प्रशारण गरेको थियो। सोही समाचारप्रति आपत्ति जनाउँदै १५/२० जनाले समाचार कक्षमै गएर सहसम्पादक जनकसिंह विष्टसहितका पत्रकारमाथि आक्रमण गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले दिएको विवरणका आधारमा आत्महत्याको समाचार बनाइएको थियो। जुन समाचार अन्य सञ्चारमाध्मयले पनि सम्प्रेषण गरेका थिए।
समाचारमा धनगढी उपमहानगरपालिका –१ बाट चोरी मुद्दामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको भनिएको थियो। तर विकको मृत्युको कारण आत्महत्या नभएको उनका आफन्तहरुले बताउँदै आएका छन्।
सञ्चारगृहमै पुगेर गरिएको आक्रमणको सञ्चारसम्बद्ध संघ/संगठनहरुले निन्दा गर्दै संलग्नहरुको पहिचान गरी कानुनी कारबाही अघि बढाउन माग गरेका छन्।
" /> कैलाली। धनगढीस्थित दिनेश सञ्चार गृहले सम्प्रेषण गरेको समाचारप्रति आपत्ति जनाउँदै एउटा समूहले त्यहाँ आक्रमण गरेको छ।

">