काठमाडौं। तेह्रथुमको लालिगुँरास नगरपालिका-७ लसुने बस्ने २९ वर्षीय सलबहादुर तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा उनकै दाजु रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै घरमा आएका भाइलाई मादक पदार्थ सेवन गरेका राम बहादुरले घरायसी विवादको क्रममा खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ। प्रहरी चौकी लसुनेको टोलीले रामबहादुरलाई खुकुरीसहित पक्राउ गरेकोछ।
राम बहादुरको समेत घुँडामा चोट लागेर घाइते भएकाले दुबै जनालाई उपचारको लागि धरान लगिएको छ।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका- सिमार बस्ने ३४ वर्षीय ओकिल रानालाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही स्थान बस्ने १९ वर्षीय हरिश राना र २४ वर्षीय जनक राना पक्राउ परेका छन्।
ओकिल, जनक र हरिशबीच जग्गाको विषयमा झगडा हुँदा हरीशले ओकिलको पेटमा छुरा प्रहार गरी घाइते बनाएको प्रहरीले बताएको छ।
घाइते ओकिललाई उपचारको लागि गोकुलेश्वर अस्पताल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल डडेल्धुरा पठाइएको छ।
" /> काठमाडौं। तेह्रथुमको लालिगुँरास नगरपालिका-७ लसुने बस्ने २९ वर्षीय सलबहादुर तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा उनकै दाजु रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।राम बहादुरको समेत घुँडामा चोट लागेर घाइते भएकाले दुबै जनालाई उपचारको लागि धरान लगिएको छ।

">