काठमाडौं। भारतीय कम्पनी रिलायन्सको खुद्रा व्यापारमा ४० प्रतिशत सेयर किन्न अमेजनले २० अर्ब डलरसम्म लगानी गर्न सक्ने इन्डियन एक्सप्रेसमा प्रकाशित खबरमा जनाइएको छ।
उक्त अखबारले ब्लुमवर्गलाई उल्लेख गर्दै रिलायन्स इन्डस्ट्रिज जियो प्लेटफर्मका लागि २० अर्ब डलरको कोष जुटाएपछि कम्पनीले अब रिलायन्स रिटेल भेन्चर्स लिमिटेडको अमेजनलाई ४० प्रतिशत सेयर बेच्न सक्नेछ।
करिब एक महीनाअघि भारतको सबैभन्दा ठूलो खुद्रा व्यापार कम्पनी रिलायन्स रिटेलले फ्युचर ग्रुपको खुद्रा व्यापार खरिद गरेर यो क्षेत्रमा आफ्नो अवस्था थप मजबुत पारेको थियो। ब्लुमबर्गले सूत्रलाई उद्धृत गर्दै यसबारे अमेजन र रिलायन्सबीच कुराकानी चलिरहेको बताएको छ।
सूत्रका अनुसार यसमा कुनै निर्णय भने भइसकेको छैन। हिस्सा खरिद गर्ने मूल्यलाई लिएर दुई कम्पनीबीच सम्झौता नहुन पनि सक्ने सूत्र बताउँछ।
इन्डियन एक्सप्रेसका अनुसार बजारमा दुई कम्पनीबीच चलिरहेको वार्ताको चर्चाका कारण रिलायन्स कम्पनीको सेयर मूल्यमा ७.१४ प्रतिशत बढोत्तरी देखिएको छ।
यसले कम्पनीको बजार मूल्य १५ लाख करोड रूपैयाँ (भारु) को आँकडा पार गरेको छ। र, यो आँकडा पार गर्ने रिलायन्स पहिलो कम्पनी बन्न पुगेको छ।
बजार मूल्यअनुरूप रिलायन्सपछि दोस्रो नम्बरमा टेक्नोलोजी कम्पनी टीसएएस रहेको छ, यसको बजार मूल्य ८.७४ लाख करोड रूपैयाँ पुगेको छ। भारतमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) नियमअनुसार विदेशी कम्पनीले देशको कुनै पनि मल्टीब्रान्ड खुद्रा व्यापारमा अधिकतम ५१ प्रतिशतसम्म लगानी गर्न सक्छ।
(बीबीसी)
" /> काठमाडौं। भारतीय कम्पनी रिलायन्सको खुद्रा व्यापारमा ४० प्रतिशत सेयर किन्न अमेजनले २० अर्ब डलरसम्म लगानी गर्न सक्ने इन्डियन एक्सप्रेसमा प्रकाशित खबरमा जनाइएको छ।उक्त अखबारले ब्लुमवर्गलाई उल्लेख गर्दै रिलायन्स इन्डस्ट्रिज जियो प्लेटफर्मका लागि २० अर्ब डलरको कोष जुटाएपछि कम्पनीले अब रिलायन्स रिटेल भेन्चर्स लिमिटेडको अमेजनलाई ४० प्रतिशत सेयर बेच्न सक्नेछ।

">