लहान। सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर एक बालकसहित दुईजनाको मृत्यु भएको छ।
अर्नामा गाउँपालिका-३ मैनाबत्ती खोलामा डुबेर स्थानीय १० वर्षीय चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गएराति मृत्यु भएको हो।
यस्तै मिर्चैया नगरपालिका-९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ। अन्दाजी २२ वर्षीया ती युवतीको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रासस
" /> लहान। सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर एक बालकसहित दुईजनाको मृत्यु भएको छ।अर्नामा गाउँपालिका-३ मैनाबत्ती खोलामा डुबेर स्थानीय १० वर्षीय चन्दन महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गएराति मृत्यु भएको हो।
यस्तै मिर्चैया नगरपालिका-९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ। अन्दाजी २२ वर्षीया ती युवतीको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। रासस
">