वडाध्यक्ष हमालको निधन
<p>सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका-४ का वडाध्यक्षको निधन भएको छ।</p>
<p>वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए।</p>
<p>वडाध्यक्ष हमाल गाउँमा एक्कासी लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन। आज खार्पुनाथ गाउँपालिकाका सम्पूर्ण सरकारी कार्यालय बन्द हुने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए। <em>रासस </em></p>
प्रतिक्रिया दिनुहोस्
