नारायणगढ-मुग्लिन सडक अवरुद्ध
<p>मुग्लिन। पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। आज बिहान ८:१० बजे चितवनको इच्छाकामना-६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो।</p>
<p>अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन्। <em>रासस </em></p>
प्रतिक्रिया दिनुहोस्
