काठमाडौं। चीनमा कोरोना भाइरसविरुद्ध नाकमा हाल्ने (नेजल स्प्रे) भ्याक्सिनले परीक्षण अनुमति पाएको छ। कोरोनाविरुद्धको पहिलो र एकमात्र नेजल स्प्रे भ्याक्सिनको प्रथम परीक्षण नोभेम्बरमा शुरू हुने सम्भावना रहेको बताइएको छ। यसमा सयजनालाई सहभागी गर्न सकिने छ।
चीनले यसअघि नै तीन प्रकारका भ्याक्सिन निर्माणलाई तीव्रता दिइरहेको छ। चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार पछिल्लो स्प्रे भ्याक्सिनलाई चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले स्वीकृत दिइसकेको छ।
यो भ्याक्सिन चीन र हङकङको सामूहिक अभियानअन्तर्गत विकसित गरिँदै छ। यसमा युनिभर्सिटी अफ हङकङ, सियामेन युनिभर्सिटी तथा पेइचिङ वन्ताई बायोलोजिकल फार्मेसीका अनुसन्धानकर्ता सहभागी छन्।
युनिभर्सिटी अफ हङकङका सूक्ष्म वैज्ञानिक युएन क्वोक-युङ भन्छन्, ‘‘यो भ्याक्सिनले स्वासप्रस्वास प्रणालीमा आउने भाइरसको प्राकृतिक संक्रमण मार्गको प्रतिरक्षा प्रणाली विकसित गर्न मद्दत गर्छ।’’
नेजल स्प्रेका माध्यमबाट भ्याक्सिन लगाउँदा इन्फ्लुएन्जा तथा नोभेल कोरोना भाइरस दुवैबाट सुरक्षा हुने उनले बताए। उनका अनुसार यो भ्याक्सिनको तीन चरणको क्लिनिकल परीक्षण सम्पन्न हुन कम्तीमा एक वर्ष लाग्छ।
(एजेन्सी)
" /> काठमाडौं। चीनमा कोरोना भाइरसविरुद्ध नाकमा हाल्ने (नेजल स्प्रे) भ्याक्सिनले परीक्षण अनुमति पाएको छ। कोरोनाविरुद्धको पहिलो र एकमात्र नेजल स्प्रे भ्याक्सिनको प्रथम परीक्षण नोभेम्बरमा शुरू हुने सम्भावना रहेको बताइएको छ। यसमा सयजनालाई सहभागी गर्न सकिने छ।चीनले यसअघि नै तीन प्रकारका भ्याक्सिन निर्माणलाई तीव्रता दिइरहेको छ। चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार पछिल्लो स्प्रे भ्याक्सिनलाई चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले स्वीकृत दिइसकेको छ।

">