काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ९६ हजार ७६० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार २१३ जना संक्रमितले ज्यान गुमाएका छन्।
पछिल्ला दिनहरुमा भारत सबैभन्दा धेरै दैनिक संक्रमण हु्ने मुलुकमा पर्छ। काेराेना संक्रमित संख्याकाे आधारमा भारत विश्वकै दाेस्राे स्थानमा रहेकाे छ। भारतले केही दिनअघि मात्र कूल संक्रमितकाे संख्यामा ब्राजिललाई उछिनेर दाेस्राे स्थानमा उक्लिएकाे थियाे।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७६ हजार ३०४ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा सक्रिय संक्रमितको संख्या नौ लाख ४३ हजार ४३८ रहेको छ। हालसम्म ३५ लाख ३९ हजार ९८३ जना उपचारपछि निको भएको तथ्यांक छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ८३ लाख १४ हजार ७२७ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख सात हजार ३७२ रहेको छ।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ९६ हजार ७६० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ एक हजार २१३ जना संक्रमितले ज्यान गुमाएका छन्।पछिल्ला दिनहरुमा भारत सबैभन्दा धेरै दैनिक संक्रमण हु्ने मुलुकमा पर्छ। काेराेना संक्रमित संख्याकाे आधारमा भारत विश्वकै दाेस्राे स्थानमा रहेकाे छ। भारतले केही दिनअघि मात्र कूल संक्रमितकाे संख्यामा ब्राजिललाई उछिनेर दाेस्राे स्थानमा उक्लिएकाे थियाे।

">">