काठमाडौं। तारकेश्वर नगरपालिका–५ लोलाङका ४७ वर्षीय यदुप्रसाद सापकोटाले भदौ २२ गते आत्महत्या गरे। प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै उनले ‘निषेधाज्ञाले गरी खान गाह्रो भयो’ कापीमा लेखेका थिए। त्यही तस्बिर खिचेर फेसबुकमा समेत राखेका थिए।
सापकोटाले घर नजिकै मासिक ८० हजार भाडा तिर्नेगरी हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए। पसल सञ्चालन गर्न नपाएको ६ महिना भएपछि उनी निकै मानसिक समस्यामा थिए। अन्ततः उनले आत्महत्याको बाटो रोजे।
गत जेठमा काठमाडौंकै शङ्खरापुरा नगरपालिकाको पटापमा १५ वर्षीय किशोरले आत्महत्या गरे। गोथे तामाङको छोरा १५ वर्षीय छोरा सुनबहादुरले सुसाइड नोट लेखेर घरको दोस्रो तलामा झुण्डिएर आत्महत्या गरेका थिए। सुसाइड नोटमा उनले ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनु, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्,’ लेखेका थिए।
जीवनबाट हरेस खाएर आफैलाई मार्ने (आत्महत्या) को संख्या बढिरहेको छ। नेपाल प्रहरीको तथ्यांक हेर्दा पछिल्लो एक वर्षको अवधिमा ६ हजार २७९ जनाले आत्महत्या गरे। जबकि त्यसअघिको वर्षमा भने ५ हजार ७५४ जनाले आत्महत्या गरेका थिए।
पछिल्लो समय नेपालमा दैनिक १७ देखि १८ जनाले आत्महत्या गर्ने गरेको देखिएको छ। नेपालमा लकडाउन जारी भएको चैत ११ गतेदेखि साउनसम्म ३ हजार २१८ जनाले आत्महत्या गरे। लकडाउनको ११८ दिनमा उनीहरूले आत्महत्या गरेका थिए।
लकडाउन तथा कोरोना महामारीका कारण आत्महत्या गर्ने बालबालिको संख्या भने बढेको छ। एक वर्षको अवधिमा ६६२ बालबालिकाले आत्महत्या गरेका थिए। लकडाउन अवधिमा मात्र २५३ बालबालिकाले आत्महत्या गरेका थिए। लकडाउनको तथा कोरोना महामारीको अवधिमा बालबालिकाहरू मानसिक समस्या बढी देखिएको मनोविद् गोपाल ढकाल बताउँछन्।
आत्महत्याको कारण
आत्महत्या गर्नुको प्रमुख कारण भनेकै मानसिक रोग भएको ढकालको भनाइ छ। डिप्रेशनमा गएर मानिसहरू मर्नुको विकल्प केही नदेखेपछि आफैलाई मार्ने गरेको ढकालले बताए। “आत्महत्याको प्रमुख कारण भनेको नै डिप्रेशन हो। मानसिक समस्यामा पुगेको व्यक्तिले आफूलाई सधैँ कमजोर ठान्छ। आफ्नो जीवनको यात्रा नै सकिएको हो कि भन्ने ठान्छ। त्यसपछि आत्महत्याको बाटो रोज्न थाल्छन्,” मनोविद् ढकालले भने।
यो महामारीको समयमा सबै जना फुसर्दमा रहेको, व्यापार व्यवसाय चौपट हुँदा डिप्रेशनमा रहेको, बालबालिकाको हकमा बाहिर जान नपाउँदा अनेक तनाव लिइरहने जस्ता कारणले आत्महत्याको बाटो रोज्ने क्रम बढेको उनको भनाइ छ। स्वभाविक रूपमा पनि महामारी तथा प्राकृतिक विपत्तिको समयमा बढी मानिसहरूले आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ। सोही आधारमा कोरोना महामारीको समयमा बढी बालबालिकाले यो बाटो रोजिरहेको ढकालले बताए। “बालबालिकाहरू स्कूल जान्थे। पढ्ने, खेल्ने जस्ता कार्य गरेर समय विताउँथे। आफ्नो मनमा लागेका कुराहरू साथी भाईसँग सेयर गर्थे। तर, अहिले त घरभित्रै बसिरहँदा बच्चाहरू एकोहोरो हुने र मनमा अनेककुरा खेलाएर यस्तो बाटो रोज्छन्,” मनोविद् ढकालले भने।
कसरी रोक्ने ?
आत्महत्या नियन्त्रण गर्न त गाह्रो हुन्छ तर, कम गर्न भने सकिन्छ। त्यसका लागि सबैको भूमिका उत्तिकै हुन्छ। त्यसमा घर परिवार, टोल, समाज, राष्ट्र तथा पूरा विश्वको नै विभिन्न भूमिका हुने ढकालको भनाइ छ। मनोविद् ढकालका अनुसार आत्महत्या नियन्त्रणका लागि विभिन्न आयाम हुन्छन्।
आत्महत्याको जोखिमबारे बुझ्नेः
आत्महत्या मानसिक रोगका कारण हुन्छ। डिप्रेशनमा गएका १५ देखि २० प्रतिशतले आत्महत्या गर्ने जोखिम हुन्छ। मानिसले आत्महत्या गर्नुअघि लक्षणहरू संकेत गर्दै जान्छ। त्यस्ता लक्षण तथा संकेतबारे परिवार, साथीभाई तथा नजिकको मानिसले बुझिदिनुपर्छ। त्यो व्यक्तिलाई मद्दत गर्नुपर्छ। अर्कोको कुरा सुन्ने र आफ्नो कुरा अरूलाई सुनाउनुपर्छ। त्यसका लागि सबैको सहकार्य हुनुपर्छ।
जोखिमपछिको व्यवस्था
जोखिमबारे जानकारी पाइसकेपछि के गर्ने भन्ने हुन्छ। त्यसका लागि हटलाईनको व्यवस्था हुन्छ। जोखिम व्यवस्थापन गर्नका लागि विभिन्न संघ संस्थाहरू हुन्छन्। उनीहरूसँग परामर्श लिनुपर्छ।
आत्महत्याबारे छलफल गर्नुपर्छ
आत्महत्याबारे छलफल व्यापक बनाउनुपर्छ। आत्महत्याबारे कुराकानी गर्दा झन् बढ्छ, यसले अर्को समस्या निम्त्याउछ भन्ने जुन गलत सोचाई छ। त्यसलाई चिर्दै यसबारे छलफल, वहसलाई व्यापक बनाउनुपर्छ। आत्महत्याको कारण के हुन्, लक्षण के हुन् ? कसरी जोगिने ? यस्ता विषयमा छलफल गर्नुपर्छ।
मानसिक रोगको पहिचान र उपचार
आत्महत्याको प्रमुख कारण भनेको मानसिक रोग हो। त्यसैले समयमै मानसिक रोगको पहिचान गरेर त्यसको उपचार गरेको खण्डमा आत्महत्या रोक्क्न सकिन्छ।
सामाजिक सञ्जालको कम प्रयोग
पछिल्लो समय सामाजिक सञ्जाल नै आत्महत्याको एउटा कारण बन्दै आएको छ। सामाजिक सञ्जालमा फैलाइने भ्रम, अफवाह जस्ता कारणले मानिसहरूले आत्महत्याको बाटो रोज्ने गरेका छन्। गलत सूचना तथा जानकारी, देखासिकी जस्ता कारणले पनि आत्महत्या गर्नेहरू बढिरहेका छन्। उनीहरूले गर्ने हरेक गतिविधि घर परिवार, साथीभाई, आफन्त तथा नजिक सम्बन्ध भएकाहरूले पहिचान गरेर समाधानको उपाय अपनाएको खण्डमा आत्महत्या नियन्त्रण गर्न सकिने मनोविद् ढकाल बताउँछन्।