"> चैत यता सुदूरपश्चिम प्रदेशमा २२० जना फरार प्रतिवादी पक्राउ: Dekhapadhi
चैत यता सुदूरपश्चिम प्रदेशमा २२० जना फरार प्रतिवादी पक्राउ
कैलाली। चैत्र ११ गते लकडाउन भएदेखि भाद्र २४ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा २२० जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले जिल्ला अदालतबाट फरार रहेका ८ महिला र ६२ पुरुष गरि ७० जना र अनुसन्धानका क्रममा फरार रहेका २ महिला र ४८ पुरुष गरि ५० जना लकडाउको अवधिमा पक्राउ परेको बताए।

पक्राउ पर्नेमा सबैभन्दा बढी कैलाली जिल्लाका रहेको एसएसपी सिंहले बताए। उनले कैलालीमा पक्राउ पर्नेमा ३ महिला र ५६ जना पुरुष रहेको बताए। त्यस्तै कंचनपुरमा ३ महिला, ३५ पुरुष, डोटीमा २ पुरुष, अछाममा १ महिला, ४ पुरुष र बझाङमा १ महिला र २ पुरुष पक्राउ परेको एसएसपी सिंहले बताए।

त्यस्तै बाजुरामा १ महिला, २ पुरुष, डडेल्धुरामा १ महिला, २ पुरुष, बैतडीमा ३ पुरुष र दार्चुलामा ४ जना पुरुष पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी सिंहले बताए।

हेर्नुस चार्ट:

चैत्र ११ गतेदेखी २०७७।०५।२४ गते सम्मको फरार प्रतिवादी पक्राउ संख्या:

प्रतिक्रिया दिनुहोस्