बारा। अपहरण तथा हत्यामा संलग्न रही १३ वर्षदेखि फरार अभियुक्त महागढीमाई नगरपालिका–२ तेलकुवा टोल बस्ने ४५ वर्षीय हरेराम पटेल भनिने हरेराम प्रसाद कुर्मीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०६४ असोज १८ गते बाराका पत्रकार बीरेन्द्र साहलाई कुर्मी, कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी गोली हानी हत्या गरेका थिए।
हत्या गरेपछि साबिक डुमरवाना गाविस–७ स्थित जंगलमा खाल्डो खनेर गाडेको शव २०६४ कात्तिक २२ गते प्रहरीले फेला पारेको थियो। त्यसपछि परेको कर्तव्य ज्यान मुद्दाको घटनामा संलग्न रहेका कुर्मी फरार थिए।
पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्त कुर्मी विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कुर्मीलाई कोल्हवी नगरपालिका–४ सपही टोलमा लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
जिल्ला अदालत बाराको २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसलाले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबिमा राखेको थियो।
कुर्मीलाई आवश्यक अनुसन्धान प्रकृया पुर्याई बारा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनामा संलग्न बारा साबिक ईनर्वासिरा गाबिस–९ बस्ने प्रतिवादी मनेजर गिरीलाई २०६५ असोज १९ गते र साबिक खोपवा गाबिस–८ बस्ने प्रतिवादी राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अनुसन्धान पश्चात अदालतमा पेश गरिएकोमा उनीहरूलाई सर्वस्वसहित जन्म कैद फैसला भएको थियो।
यसैगरी बारा साबिक गडहल गाबिस–५ बस्ने कुन्दन कुमार फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ गरी जिल्ला अदालत बारामा पेश गरिएकोमा फागुन २९ गते पुर्पक्षको लागि कारागार चलान गरिएको थियो।

">