करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु <p>कैलाली। करेन्ट लागेर धनगढी उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ।</p> <p>धनगढी उपमहानगरपालीका-६ को शिवनगरस्थित&nbsp;विद्युत सर्भिस पोलमा बल्ब लगाएर झरेका ३२ वर्षीय राजकुमार चौधरीको भर्&zwj;याङ झिक्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। विद्युतमा करारमा कार्यरत चौधरी धनगढीकै हुन्।</p> <p>जिल्ला प्रहरी कार्यालय कैलालीका&nbsp;प्रवक्ता प्रहरी नायब उपरीक्षकक प्रतिक विष्टका अनुसार&nbsp;करेन्ट लागेर घाइते&nbsp;भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको हो।</p> <p>करेन्ट लागेर सोही ठाउँका २२ वर्षीय खेमराज दाहाल&nbsp;घाइते भएका छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्