काठमाडौं। कोरोना भाइरसको महामारीले कहाँ, कसरी, कुन परिमाणमा असर गर्छ भनेर अहिले नै अनुमान गर्न कठिन छ। कोरोनापछिको विश्वबारे मोटामोटी अनुमान गरिए पनि त्यसले पार्ने मनोसामाजिक असर अझै भयानक हुने विश्लेषकहरु बताउन थालेका छन्।
मानिसमा लामो समयको बेरोजगारी, साथी–शुभेच्छुक तथा आफन्तसँगको संवादहीनता, सिर्जनाशक्तिको क्षयजस्ता कारणले तनाव बढाइदिएको छ।
नेपालमा कोरोनाकालमा आत्महत्या गर्नेको संख्या २२ सय नाघेको छ। आत्महत्याको दर करिब २० प्रतिशतले बढेको बताइन्छ।
उद्योगधन्दाहरु बन्द छन्, निजी मिडियालगायत अन्य प्रतिष्ठानले कि त कर्मचारी कटौती गरेका छन् कि त तलबसुविधा घटाएका छन्। यसले अधिकांशमा मनोवैज्ञानिक तनाव सिर्जना गरिदिएको छ। कोरोनाका कारण गरिएको लकडाउनले सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा परेको छ। ती ऋणमा चुर्लुम्म डुब्न पुगेका छन्। कतिपय त्यस्ता उद्योग बन्द हुने अवस्थामा छन्।
यो अवस्थाको असर चक्रीय पर्न जाने देखिन्छ। गरिब झनै गरिब हुने, मध्यम वर्गीयहरु निम्न मध्यममा झर्ने अवस्था छ। यसबाट मानिसमा अनिश्चित भविष्यको त्रास बढको छ। फलस्वरुप मानिसहरु डिप्रेसन वा अन्य खालका मानसिक तनावमा छन्।
संयुक्त राष्ट्र संघका अधिकारीहरुको ताजा अनुमान त झन् डर लाग्दो छ। त्यो विश्वसंस्थाले कोरोना भाइरस महामारीका कारण भेदभाव र अन्य मानवअधिकार उल्लंघन बढेको बताएको छ। यसले कपितय देशमा संघर्ष हुने अवस्था सिर्जना भएको छ। कमजोर मुलुकमा यसको प्रभाव कोरोनाभन्दा कयौं गुना बढी हुने पनि अधिकारीहरुको भनाइ छ।
संयुक्त राष्ट्र संघका राजनीतिक प्रमुख रोजमेरी डिकार्लो र मानवतावादी मामिलाका प्रमुख मार्क लोककले बुधबार संघको सुरक्षा परिषद्मा कोरोना महामारीका कारण संसारमा पर्न सक्ने गम्भीर असरको बारेमा कुरा गरे। लोककले कोरोना संकटका कारण आर्थिक तथा स्वास्थ्यमा असर पर्ने र त्यसले अप्रत्यक्ष रुपमा अन्य ठूला सकस निम्त्याउने बताए। उनले भने, ‘‘गरिबी बढ्ने छ, औसत आयु कम हुने छ, भोकमरी बढ्ने छ, शिक्षाको स्थिति खराब हुने छ र थुप्रै बालबालिका मर्ने छन्।’’
उनले कोरोना संकटको एकतिहाइ मामिला मानवतावादी वा शरणार्थी संकटसँग जुधिरहेका र कमजोर मुलुकमा बढी रहेको बताए। यी मुलुक कति प्रभावित छन् भन्ने कुरा अहिले नै भन्न नसकिने उनको भनाइ थियो।
त्यस्ता मुलुकमा स्वाब परीक्षण नै कम भएको, कतिपयले सहयोग माग्न नचाहेको जस्ता समस्या रहेको उनले उल्लेख गरे। लोककले संक्रमणबाट मृत्यु हुनेको संख्या कम भएकोमा सन्तोष प्रकट गरे, तर यसको अप्रत्यक्ष प्रभावबारे भने निकै चिन्ता जनाए।
महामारी चलिरहँदा संयुक्त राष्ट्र संघका तर्फबाट जीवन रक्षा सहायता पुर्याउनका लागि मार्च २३ मा विश्व स्तरमा संघर्ष विरामको अपिल महासचिव एन्टेनोयो गुटारेसले गरेका थिए। सुरुमा त त्यो अपिलको उत्साहजनक प्रतिक्रिया आयो, तर पछि कपितय देशले यसलाई बेवास्ता गरे।
डिकार्लोले महामारीको समयमा सामाजिक सञ्जाल गलत जानकारी फैलाउनका लागि प्रयोग गरिएकोमा चिन्ता प्रकट गरे। उनले भने, ‘‘यस अवधिमा घृणा फैलउनेखालका भाषण बढी आयो, विशेषगरी विदेशी र प्रवासीविरुद्ध।’’
कोरोना प्रकोप थामिएको छैन, उता कपितय देशमा युद्धविराम कायम हुन सकिरहेको छैन। यसले नागरिकहरु कोरोना र संघर्ष दुवैबाट प्रताडित हुन पुगेका छन्। देश–देशबीचका सम्बन्ध कोरनोअवधिमै चिसिएका पनि छन्।
शिक्षण संस्था लामो समयदेखि बन्द छन्। यसले सबैभन्दा ठूलो असर बालबालिकामा पर्न गएको छ। आम्दानीको स्रोत घटेको छ या त बन्द नै भएको छ, यसले गरिबी बढाउने नै भयो। एकातिर शिक्षा स्थगित हुन पुगेको छ, अर्कोतिर आम्दानी अनिश्चित! सहजै अनुमान गर्न सकिन्छ, यसले कालान्तरमा कस्तो असर पार्ला? यो प्रश्न विशेष गरी गरिब, विपन्न वा विकासशील देशले सोच्नुपर्ने देखिन्छ।