अर्घाखाँचीको भैरव नृत्य काठमाडौंमा
काठमाडौं। अर्घाखाँचीका नेवार बस्तीमा प्रचलित भैरव नृत्य काठमाडौंमा आज प्रदर्शन हुँदैछ।

नेवार सम्पर्क समिति अर्घाखाँची–काठमाडौंको आयोजना तथा नेवाः समाज अर्घाखाँची–रुपन्देहीको प्रस्तुतिमा भैरव नृत्य हुन लागेको अध्यक्ष नारायणप्रसाद श्रेष्ठले जानकारी दिए।

भैरव नृत्य प्रदर्शनका लागि अर्घाखाँचीबाट ५० जनाको टोली काठमाडौं आइपुगेको समितिका मित्र श्रेष्ठले बताए।

दिउँसो चार बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने नृत्य चार घण्टासम्म हुनेछ।

भैरव नृत्यसँगै ताकुन्डोली र मयुर नृत्य पनि प्रदर्शन गरिने श्रेष्ठले बताए।

"अर्घाखाँचीमा प्रचलित भैरव नृत्य काठमाडौंसम्म ल्याएर यहाँ र त्यहाँको नेवारबीच संस्कृति आदानप्रदान गर्न खोजेका हौं," श्रेष्ठले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्