धनगढीको एक सप्लायर्समा आगलागी
<p style="text-align: justify;">कैलाली। धनगढी उपमहानरपालिका-१८ पच्चिसघरस्थित ईन्दिरा सप्लायर्समा विद्युत सर्ट भई आगलागी भएको छ। </p>
<p style="text-align: justify;">गएराति भएको आगलागीबाट सप्लायर्सभित्र रहेको चामल, दाल, चियापत्ती लगाएतका सामानहरू जलेर करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">घटनाको खबर प्राप्त हुनासाथै सीमा प्रहरी चौकी बहुलियाबाट खटिएको प्रहरीले स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। <br />
</p>