घर भत्किँदा पाल्पामा एकको मृत्यु

पाल्पा। बगनासकाली गाउँपालिका-६ खानिगाउँ बस्ने कान्तिसरा कनौचाको २ तले कच्ची घर भत्किँदा उनका छोरा २२ वर्षीय सुमनको पुरिएर मृत्यु भएको छ।

गएराति सुतिरहेको बेला घर भत्किँदा पुरिएका सुमनलाई अस्थायी प्रहरी पोष्ट भुषालडाँडाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरेको थियो।

उपचारको लागि मिसन अस्पताल पाल्पातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

पहिलेदेखि चर्किएको घर अचानक भत्किएको प्रहरीले जनाएको छ।