काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनेसँगै टुटल र पठाओले राइड सेयरिङ सेवा पुन: शुरू गरेका छन्।
सार्वजनिक यातायात सञ्चालन हुन पाउने भएसँगै कम्पनीहरूले स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर सेवा थालेका हुन्।
टुटलका सञ्चालक शिक्षित भट्टले आजदेखि सेवा शुरू भएको बताए। उनले भने, “लकडाउनदेखि बन्द रहेको सेवा आजदेखि शुरू गरेका छौं।”
सेवा सञ्चालन गर्दा स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरेर ग्राहकलाई सेवा दिइने उनले बताए। हेल्मेट र मास्क लाएपछि संक्रमणको जोखिम कम हुने भट्टको भनाइ छ।
कोभिड-१९ महामारी नियन्त्रणका लागि ११ चैतदेखि लागू गरिएको लकडाउन र त्यसपछिको निषेधाज्ञामा कम्पनीले सेवा सञ्चालन गरेको थिएन्।
" /> काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनेसँगै टुटल र पठाओले राइड सेयरिङ सेवा पुन: शुरू गरेका छन्।सार्वजनिक यातायात सञ्चालन हुन पाउने भएसँगै कम्पनीहरूले स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर सेवा थालेका हुन्।

">